Body:
देवघाट–५, तनहूँमा महेश संन्यास आश्रमको नाममा खरिद गरिएको ६५ रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । पक्की पर्खालभित्र सुरक्षित उक्त जमीनलाई विभिन्न प्रयोजनका भवन, वगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ । आश्रमका भावी गतिविधिका लागि क्षेत्र विस्तार गर्नुपर्ने भएको छ ।
जमिनको उपयोग
क्र.सं. | प्रयोग | क्षेत्रफल |
१ | भौतिक संरचना (मन्दिर, विद्यालय, आवास, धर्मशाला, गोशाला, मार्ग) | २५ % |
२ | कृषि (तरकारी तथा फलफूल) | १६ % |
३ | उद्यान/बगैँचा | १२ % |
४ | खेल मैदान | २४ % |
५ | गौचरन | १८ % |
६ | वृक्षारोपण | ५ % |