अनुरोध

  • Posted on: 8 December 2017
  • By: msgurukul
Body: 

अनुरोध

आज देशको मात्र होइन समस्त विश्वको अवस्था अन्योलग्रस्त छ । शिक्षित समाजमा पनि चारित्रिक न्यूनता देखिन्छ । आततायी प्रवृत्ति दिनानुदिन बढिरहेको छ । भौतिक समुन्नतिको चरम प्रतिस्पर्धामा दौडिए पनि दिनानुदिन मानवताको ह्रास भइरहेको छ । मानिस आफैंमा अपूर्ण बन्दैछ । वस्तुतः आज शिक्षाको अभाव होइन, असल शिक्षाको अभाव हो । त्यस आवश्यकतालाई पूर्ति गर्न नैतिक शिक्षाको आवश्यकता छ जो संस्कृत शिक्षाबाट सम्भव छ । संस्कृत वाङ्मयले नैतिक र चारित्रिक शिक्षा प्रदान गरी समाजमा नवजागरण ल्याउँछ । जो आजको समाजको र युगको पनि आवश्यकता हो ।

उक्त आवश्यकताको पूर्तिका साथै दुर्लभ बन्दै गएको संस्कृत वाङ्मयरूप विश्वसम्पदाको खोजी र अनुसन्धान गरी समाजमा प्रदान गर्न यो गुरुकुल सतत प्रयत्नशील छ । तपाईहरूको सुझाव, सहयोग र सद्भाव भएमा मात्र यस गुरुकुलको उद्देश्य प्राप्ति सम्भव छ । त्यसकारण यस गुरुकुलको समृद्धिका लागि तपाइहरूको अमूल्य परामर्श राय र प्रतिक्रियाको स्वागत गर्दछौं । राम्रो र आवश्यक कार्य लागेमा यस संस्थाको समुन्नतिसंगै जुट्न र आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं । 
सहयोग र सद्भावका लगि धन्यवाद ।